७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

काेराेनाबाट विश्वभर ३ लाख ४० हजारकाे मृत्यु

काेराेनाबाट विश्वभर ३ लाख ४० हजारकाे मृत्यु
अ+ अ-

काठमाडाैंः विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसबाट शनिबारसम्म ३ लाख ४० हजारकाे ज्यान गएकाे छ । चीनकाे वुहानबाट शुरू भएकाे याे भाइरसकाे प्रकाेप युराेप, संयुक्तराज्य अमेरिका हुँदै अहिले दक्षिण अमेरिकाकाे ब्राजिलमा इपिसेन्टरका रूपमा देखिएकाे छ ।

यस भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिका नै हाे । यहाँ हालसम्म ९७ हजार ६४७ जनाकाे मृत्यु भइसकेकाे छ भने झण्डै १७ लाख मानिस संक्रमित भएका छन् ।

युराेपेली महादेशमा काेराेनाकाे कहरले डेढ लाखभन्दा बढीकाे ज्यान लिइसकेकाे छ । युराेपमा हालसम्म १ लाख ६८ हजारकाे ज्यान गएकाे छ, तर झण्डै तीन महिनाकाे लकडाउन र सामाजिक दुरीकाे कार्यान्वयनका कारण अहिले भाइरसकाे प्रकाेप केही मत्थर देखिएकाे छ । यस क्षेत्रमा १८ लाख ६८ हजार संक्रमित भएका थिए । 

अहिले भाइरसकाे इपिसेन्टरका रूपमा देखिएकाे ब्राजिलमा २१ हजारकाे हाराहारीमा मानिसकाे मृत्यु भइसकेकाे छ भने ३ लाख ३२ हजारभन्दा बढी संक्रमित छन् । ब्राजिलका राष्ट्रपति जेयर बाेल्साेनाराे स्वयं देशमा जारी लकडाउनकाे उल्लंघन गर्दै सार्वजनिक सभा र कार्यक्रम गर्दै हिँड्नु भएकाे छ । उनी अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प झैं लकडाउनकाे विपक्षमा छन् । मलेरियाकाे अाैषधि प्रयाेग गर्न सल्लाह दिँदै हिँड्ने दुबै नेताकाे गलत रबैयाले भाइरस प्रसार राेक्न उल्लेखनीय प्रगति नभएकाे ठहर गरिँदैछ । 

यता दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशकाे अवस्था पनि नाजूक बन्दै गएकाे छ । अपेक्षाकृत कम परीक्षण गरिरहेकाे भारतमा अहिल्यै १ लाख २५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ दिनहुँ ५ हजारभन्दा बढी काेराेना संक्रमित भेटिइरहेका छन् । भारतमा ३ हजार ७०० भन्दा बढीकाे ज्यान गइसकेकाे छ ।

खासगरी वृद्ध, अन्य राेगहरू जस्तै मुटुराेग, दम, मधुमेह राेग लागेका तथा राेगप्रतिराेधि क्षमता कम भएका व्यक्तिहरू नै यस राेगबाट सबैभन्दा बढी प्रभावित भएकाे विभिन्न अध्ययनहरूले देखाएका छन् ।