२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैनः एकीकृत समाजवादी सांसद तिमिल्सिना



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिनु नहुने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरु रोक्नुपर्ने बताउनु भयो । उहाँले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताउनु भयो । उहाँले पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो केबलकार निर्माणको कुरा छ । केबलकारको कुरा गर्दा सरकारलाई बनाउन मन लाग्यो भने पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले त्यहाँ बनाउनलाई दियो । जनताले नमान्दा नमान्दै । हामीले पनि धेरै कुरा बोल्यौँ तर सुनेन । सरकारले यस्तो गर्नसक्छ । तर यस्तो गर्दछ भनेर हामीले छोड्न सक्दैनौँ । वन्यजन्तु, स्थानीयलाई कुनै क्षति नहुने गरी दिनुपर्छ । पाथीभरामा दिन जरुरी छैन । मुक्तिनाथमा केबलकार पोखराबाट लैजाने भनेर पास गरिसके रे । त्यही टिमले । गाडी त्यहीँसम्म पुग्छ, केबलकारको आवश्यकता छैन ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले आधारभुत विकासका आयोजनामा केबलकार नपर्ने बताउनु भयो । उहाँले आधारभुत विकासका आयोजनाहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशरण लाइन लगायत मात्रै पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आधारभुत विकासका आयोजनाहरुमा केबलकार पर्छ की पर्दैन ? खानेपानी, प्रशारण लाइन पर्दछ । सडक विकल्प विहीन अन्त कतैबाट जान मिलेन भने हो । केबलकार लेख्ने बित्तिकै कसरी आधारभुतमा आयो । शिक्षा, स्वास्थ्य, खानेपानी आधारभुतमा पर्छ होला ।’

समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको हो ।