काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको बैठक राखेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरुको बैठक चलिरहेको छ ।
बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन बैठक बोलाइएको जनाएको छ ।










