काठमाडौँ । सेयर कारोबारको रकम ठगी गरेको आरोपमा ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।
सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उजुरी परेपछि अनुसन्धानकोे लागि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकारीले बताए ।
सिप्रबी सेक्युरिजिका महाप्रबन्धक समेत रहेका रहेका श्रीवास्तवविरुद्ध आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले ठगीको उजुरी गरेका हुन् ।
प्रहरीका अनुसार उनलाई हिरासतमा लिई अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढईएको छ ।










