२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा देउवा भन्दा ओली झन कडाः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताउनु भयो । एमसिसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेस भन्दा बढी पक्षधर रहेको पाएको बताउनु भयो । उहाँले एमसिसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरु गएको स्मरण गर्नुभयो । तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको उहाँको आरोप छ । एमाले नेपाललाई आइपिएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोप लगाउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्नसक्ने स्थिति भएन । काँग्रेस दृढ अडानमा छ । एमाले र काँग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन कडा । काँग्रेस भन्दा त केपी ओली त झन कडा । हाम्रा केही साथीहरु त जाउँ भयो । झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, काँग्रेस भन्दा त धेरै बढी रहेछ । आइपिएसको सदस्य बनाउने पनि उहाँहरु नै हो । एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरु पनि उहाँहरु नै हो । त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो । तर अनुमोदन त भइसक्थ्यो । त्यसलाई रोक्न र क्रान्ति नै शुरु गर्नसक्ने स्थिति थिएन ।’

अध्यक्ष दाहालले आफूहरुको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसिसी पास गरिएको बताउनु भयो ।