२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ६६ वर्षीय क्यान्सर विरामीले जिते कारोनालाई



अ+ अ-

काठमाडौँ । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए ।

त्यहाँ एक हप्ताबसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो । लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती विरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए । उनले ती विरामी सन् २०१९ को मे देखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए ।
क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका विरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती विरामी भने हप्ता दिनमा नै निको भएर फर्र्किएकाले कोभिडका विरुद्धको लडाईँमा थप आशा जागेको भाटले बताए । भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७३५ जना कोभिडका संक्रमित छन् ।

यहाँका ३ हजार २३८ जना निको भएर घर फर्र्किएका छन् । यस प्रदेशका १५२ जना संक्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म १ लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित रहेका बताइएको छ । एजेन्सीको सहयोगमा