३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते र धुमिल भयो: अग्नि सापकोटा

हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते र धुमिल भयो: अग्नि सापकोटा
अ+ अ-

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्र्टीलाई नयाँ उर्जा दिएको बताउनु भयो । हाल माओवादी पार्टीका जनवर्गिय संगठन, विभिन्न मुक्तीमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुुमत आउने उहाँको दाबी छ । पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताउनु भयो ।

माओवादी पार्टी केही समय रुमल्लिए जस्स्तो, अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गर्नुभयो । पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो । अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्दा खेरी हाम्रो शहिद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियोे ।’

वर्गीय सम्बन्ध जुुन स्तरमा गाढा, घनिष्ट हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहिद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाईहरु पनि देखिएको उहाँले स्वीकार गर्नुभयो । उहाँकाअनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ । पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तीको रुपरेखा र मागचित्र स्पष्ट पारेको उहाँले बताउनु भयो । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रिय समितिको बैठकले समाजवादी क्रान्तीको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उहाँको भनाई छ । रुपान्तरण शुद्धिकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमिक्षा गरेर अगाडी बढेको उहाँले बताउनुु भयो । दर्शन, विचार, दृष्टिकोण, रणनिति, कार्यनीति , कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उहाँले जानकारी दिनुभयो । उक्त अभियान आफूहरु जनताको भित्रि तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको बताउनु भयो । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘दर्शन, विचार, दृष्टिकोण, रणनिति,, कार्यनीति , कार्ययोजना, योजना, कार्यक्रम लागू गर्नुपर्छ भन्ने एउटा संकल्पका साथ हामीले पहिला हुलाकीमार्ग केन्द्रित अभियान चलायौँ । त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौँ । शहीद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्र्न पायौँ । अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ सामाजिक विभेद छ । त्यहाँबाट हामीले धेरै कुरा अध्ययन पनि गयौँ । जनतालाई सिकायौँ पनि जनताबाट सिक्यौँ पनि । त्यसपछि हामीले मध्ये पहाडीको अभियान पोखरामा आएर स्थगित गरेका छौँ । त्यसलाई फेरि गर्ने निर्णय भएको छ । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्गमा हामीले जनसम्बन्धलाई सुढृढीकरण गर्‍यौँ।’

उहाँले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनको नतिजा प्रश्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताउनु भयो । काँग्रेस एमाले जस्ता ठूला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंगठको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हाँसिल गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको चुुनावमा हामी दोस्रो भयौँ । पूर्वमा हाम्रो पार्टी पहिलो नै भयो । नयाँ युवा पुस्तामा चाहीँ अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो नी त्यो चाहीँ साफ भएर स्ववियुमा चाहीँ दुई थरी काँग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाँउमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ । उदाहरणकै लागी भन्नुपर्दा पूर्वाञ्चलको विराटनगरमा रहेको डिग्री क्याम्पसमा हाम्रो पार्टीले ३० वर्ष यता पहिलो पटक जित्यो । नेपाल पत्रकार महासंघमा काँग्रेस एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा चाहीँ कोषाध्यक्ष लगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौँ । अन्य संघसंस्थाहरुमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ । अर्को कुरा चाहीँ हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौँ ।’ 

माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उहाँको दाबी छ । – न्युज एजेन्सी नेपाल