२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको रामधुनी मन्दिर जोड्ने खोलामा पुल निर्माण गर्न सांसद आचार्यको माग



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुुन्य समयमा बोल्दै सांसद आचार्यले सो माग गर्नुभएको हो । रामधुनी नगरपालिका –२ भुमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोलामा पुल निर्माण गर्न उहाँले माग गर्नुभएको छ । उक्त खोलामा पुल निर्माणको लागी डिपिआर तयार भईसकेकोले तुरुन्तै ठेक्का लगाई काम अगाडी बढाउन उहाँले आग्रह गर्नुुभयो ।

मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि तत्काल काम अगाडी बढाउन उहाँले माग गर्नुुभयो । उहाँले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यलय जाने बाटोमा पर्ने दशगीजा खोलामा पनि पुल निर्माण कार्र्य अलपत्र परेको बताउनु भयो । पुल निर्माणको लागी ठेक्का लागेर ठेकेदारले केही काम गरेपनि बीचमा अलपत्र पारेर छाडेको थियो । उहाँकाअनुसार ठेकेदारले काम नगरेपछि पुल निर्माणको ठेक्का रद्ध गरिएको छ । सो पुल निर्माणको लागी यथाशिघ्र ठेक्का लगाउन उहाँले सरकारसँग माग गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यलय जाने वाटोमा पर्ने दशगिजा खोलामा पुल निर्माण गर्र्ने ठेक्का लागी केही काम भएको र पछि ठेकेदारले समयमा काम नगर्दा ठेक्का रद्ध गरि काम अधुरो रहन गएकोमा सो काम पुन ठेक्का लगार्ई यथाशिघ्र अगाडी बढार्ईयोस् । रामधुनी नगरपालिका दुई भमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोला वा अमाहा खोलामा पुल निर्माणको लागी डिपिआर तयार भईसकेको र त्यहाँे मुख्य पर्यटकीय गन्तब्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले सो ठाउँमा तुरुन्तैै ठेक्का लगाई पुल निर्माणको काम अगाडी बढाईयोस । त्यसको लागी अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि काम अगाडी बढाईयोस् भन्ने आग्रह गर्दछु ।’  

मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उहाँले माग गर्नुुभयो ।