२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम



अ+ अ-
काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण  मन्दिर र सिसामहल निर्माण गरिएको थियो । विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शन गर्न दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी यहाँ घुम्न आउने गरेका छन् । बिदाको समयमा भने यहाँ सर्वसाधारण मन्दिरको दर्शन गर्न सिसामहलको अवलोकन गर्न आउँछन् ।
बिहान र बेलुका मात्र खुल्ने उक्त मन्दिर मध्याह्न १२ बजेदेखि ३ बजेसम्म बन्द रहन्छ । शनिबार भने बिहानदेखि बेलुकासम्म नै मन्दिर खुला रहने बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिनुभयो । पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रीनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ । मन्दिर कलात्मक र सुन्दर छ ।
“हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउन बृहत शान्तिधाम नेपाल स्थापना गरी मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।
शान्तिधामभित्र बद्रीनारायाण धाम निर्माण भए पनि रामेश्वरम् धाम भने निर्माण भइरहेको छ । उक्त धाम पनि चाँडो निर्माण सम्पन्न गरेर प्राण प्रतिष्ठा गरिने मठाधीशले बताउनुभयो । द्वारिकाधीश धाम र जगन्नाथ धाम निर्माण गर्ने योजना रहेको उहाँको  भनाइ छ ।
कूल एक सय रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास र क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य छ । नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा पनि मेला लाग्छ ।
शान्तिधाममा दैनिक एक सय भक्तजनलाई आवास तथा भोजनको व्यवस्था गर्ने उद्देश्य भए पनि आर्थिक अभावले समस्या भइरहेको छ ।यहाँ दुई वर्ष अघि सिसामहल निर्माण गरिएको हो । सिसामहलबाट हाल मासिक रु पाँच लाखदेखि १० लाखसम्म आम्दानी भइरहेको मठाधीसले बताउनुभयो ।
शान्तिधाम परिसरमा बन्न लागेका संरचनाका लागि तारकेश्वर नगरपालिकाले  आर्थिक सहयोग गर्दै आएको उपप्रमुख सिर्जना बुर्लाकोटीले बताउनुभयो ।




भर्खरै