५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐनापहरामा बस दुर्घटना अपडेटः ७ घाइते, २ जनाको अवस्था गम्भीर



तस्बिर: प्रकाश श्रेष्ठ
अ+ अ-

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा बस दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग२ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए । उनीहरुलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ भने अरुको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।

यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको उनले बताए । बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुने सक्ने उनले बताए ।

बस दुर्घटना भएको खवर पाएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको उनले बताए ।