३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै
अ+ अ-

हेटौंडा । चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो । पछिल्लो समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ । विशेषगरी गर्मी महिनामा यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ । हिमश्रृंखलाको मनोरम दृश्य हेर्न,अर्गानिक खानाको स्वाद लिन तथा शुद्ध र चिसो हावा महशुस गर्न देश तथा विदेशका विभिन्न भागबाट पर्यटक यहाँ आइपुग्ने गरेका छन् ।

नेपालका तराई भू–भागमा गर्मी अत्याधिक हुने हुँदा चिसो वातावरण खोज्दै धेरैजसो आन्तरिक पर्यटक र छिमेकी देश भारतबाट समेत उल्लेख्य संख्यामा आगन्तुकहरु आउने गरेका छन् । पर्यटकहरु विशेषगरी गर्मी छल्न, शान्त वातावरणमा बस्न र हिमालका दृश्य अवलोकन गर्न यहाँ आउने गर्दछन् ।

यस्तै, जाडो महिनामा दामन र वरपरका क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको चाप अझ बढी हुने गर्दछ । साथै दामन क्षेत्र धार्मिक महत्वले पनि उत्तिकै महत्व बोकेको क्षत्र हो । दामनमा रहेको ऋृखेश्वर महादेव मन्दिरमा श्रावन महिनामा विशेष मेला लाग्दै आईरहेको छ । साथै एकादशि फागुपुर्निमा लगाएतका पर्वहरुमा यस मन्दिरमा धार्मिक पर्यटकहरुको उल्लेख्य आवागमनहुने गरेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले बताउनु भयो ।
वर्षमा ७—८ हजार पर्यटक दामन क्षत्रमा आउने गरेको बताउनु भयो । स्थानीय सरकारसँगको समन्वयमा उक्त क्षेत्रका ब्यवसायीहरुले दामन पालङमा हिँउ खेल्नको लागि स्केटिङ पार्क तथा अन्य संरचनाहरुलाई व्यवस्थित ढंगमा अगाडि बढाएर पर्यटनको विकासमा लागेको उहाँको भनाई छ ।

विगतका बर्षहरुमा पर्यटकको खचाखच आगमन हुने गरेको र पछिल्ला वर्षहरुमा सुकेको पर्यटन फेरि फष्टाउन थालेको अनुभव गरेको दामन घुम्न आएका पर्यटक बताउँछन् । दामन पालुङ क्षेत्रमा रहेका एतिहाँसिक संरचनाहरुलाई सरकार र स्थानीय निकायहरुले ध्यान पु¥याउन नसक्दा र प्रचार गर्न नसक्दा यहाँको पर्यटन जुन गतिमा मौलाउन पर्नेहो त्यो गति लिन नसकेको मकवानपुर मनहरी घर भएका पर्यटक शिवकुमार रिजाल बताउनुहुन्छ ।

स्थानीय व्यवसायीहरु पनि पर्यटक आगमन पुनः बढ्न थालेसँगै उत्साहित भएका छन् । होटल, होमस्टे तथा कृषि–पर्यटनसँग जोडिएका व्यवसायमा पुनः गति आउन थालेको उनीहरुको भनाइ छ । अर्कोतर्फ दामन–पालुङ क्षेत्र तरकारी उत्पादनमा देशकै एक प्रमुख स्रोतको रूपमा स्थापित हुँदै आएको छ । दैनिक झन्डै ५० टन तरकारी उत्पादन हुने यस क्षेत्रबाट काठमाडौं, हेटौंडा, ललितपुर, भक्तपुर लगायतका सहरहरूमा नियमित रूपमा तरकारी आपूर्ति गरिँदै आएको छ । यहाँको उब्जनीले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको छ ।