२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते



अ+ अ-

कमलामाई । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो ।

घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएकोहो ।

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् । तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।