२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताउनुभएको छ ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गर्नुभयो । नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताउनु भयो । नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल  र सुखी नेपाली हो । त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ । यस यात्रामा सैनिक कल्याण्कारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रुपमा रहेको नेपाली सेना तथा भुतपूर्व सैनिकहरुलाई एकतावद्ध गराउन र अघि बढाउन योगदान पु¥याएको छ ।’

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।