१ भाद्र २०८३, सोमबार
,
Latest
बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न



अ+ अ-

तनहुँ। यहाँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् ।

उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट सञ्चालन भएका ३३ योजनामध्ये १५ योजना सम्पन्न भई १८ वटाको सम्झौताको चरणमा छन् । उपभोक्ता समितिबाट सञ्चालित योजनामध्ये ४० वटाको सम्झौता भएको र चार वटा सम्झौता हुन नसकेको योजना शाखा प्रमुख भेषराज तिवारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सहरी तथा शासकीय पूर्वाधार आयोजना अन्तर्गत व्यास नगरपालिकाको– ७, ९, १० र ११ मा पर्ने पराशर मार्गमा १०.६ किमी कालोपत्रका लागि ठेक्का भइ काम सुरु भइरहेको छ ।”

उक्त योजनाका लागि रु ४० करोड ८३ लाख ३५ हजार ९२१ बजेट रहेको यस आयोजनाको हालसम्म भौतिक प्रगति १७.४५ प्रतिशत छ । बुल्दी खोला मोटरेबल (करङकाठ बसपार्क) पुल रु छ करोड ५० लाखमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । उहाँले भन्नुभयो, “व्यास नगरपालिका–५ मानहुँकोट सिद्धबाबा मन्दिर रु बीस लाख दुई हजार ९५६ मा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ ।”

सोही वडास्थित उदय मावि र बाखे्र जोड्ने सोङगेखोला झोलुङ्गे पुल पहिलो चरणमा रु ३० लाख ४५ हजार १२२ मा निर्माण गरिएको छ । व्यास–७ सहीद गेट निर्माण रु १२ लाख ९१ हजार ९६१ मा निर्माण सम्पन्न भएको छ ।

व्यास–१० व्यास नगर कोभिड अस्पताल रु ९६ लाख ३८ हजार ८७६ मा सम्पन्न भएको छ । व्यास–११ शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।