४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाउने प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

यद्यपि, अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । रेशम –रञ्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको थियो ।

तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको भन्दै सो पार्टीका संरक्ष रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि राखेका थिए ।

रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले निर्वाचन आयोगलाई जानकारी पनि गराइसकेको छ ।