२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप



अ+ अ-

हेटौँडा । जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ । मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ । रासस