३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा, स्वास्थ्य र मानव सूचकाङ्कमा सरकारले गरेको प्रगतिको कारण विकासशील राष्ट्रमा स्तरोन्नति सम्भवः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा एलडिसी ग्रेजुएशनसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले कोरोना महामारीको असरका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नजानु एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । उहाँले कोरोना महामारीपछिको सरकारको मेहेनत र कदमले पुनःस्थापना क्षमताले नेपाललाई एलडिसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उपयुक्त देश बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘७ प्रतिशतको आर्थिक वृद्धिदर, मानव सूचकाङ्कको तिव्र विकास, शिक्षा, स्वास्थ्यको तिव्र विकास भएको कारण एलडिसी ग्रयाजुएसनको मुल्याङ्कन भएको थियो । तर मुल्याङ्कन भएको सन् २०२० र २०२१ मा कोरोना भाइरसले विश्वलाई नै अत्यन्तै नराम्ररी प्रभावित गरेको थियो । र विश्वको अर्थतन्त्र नकारात्मकमा गएको थियो । त्यतिबेला नेपाल पनि न्यून नकारात्मक अवस्थामा पुगेको थियो । आर्थिक वृद्धिदर शून्य भएपनि नेपालको अर्थतन्त्र नकारात्मक दिशामा गएन । नेपालको त्यो प्रतिरोध क्षमतालाई हेरेर र त्यसभन्दा अगाडि वृद्धि गर्दै गरेको आर्थिक वृद्धिदर हेरेर नै यो मूल्याङ्कन भएको थियो । जे होस् आज हामी एलडिसीबाट विकासशील मुलुकमा रुपान्तरित हुँदैछौं ।’

प्रधानमन्त्री ओलीले सन् २०२६ मा विकासशील राष्ट्रमा उस्तरोन्नति हुँदासम्म कुनैपनि मापदण्डहरु बाँकी नराख्ने समेत बताउनु भयो । उहाँले अध्ययन प्रतिवेदनले सुझावका आधारमा सरकार अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्र सङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।