५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ ।

मंगलवार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिनुभयो । उहाँले दलका नेताहरुको समय व्यवस्थाका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरु सुधार्ने विषयमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरुलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ । अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । यो यसको सकारात्मक पक्ष हो । त्यसकारण मोर्चा यो बीचमा मुलभुत रुपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ । जहाँसम्म यसका केही समस्याहरु रहेका छन् । मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो । त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरु रहे ।  त्यसका कारण पछिल्ला दिनहरुमा केही प्रश्नहरु छन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । हाम्रा विगतमा भएका कमजोरीहरुलाई सच्याउनुपर्छ भन्ने भन्ने हाम्रो आजको बैठकको निश्कर्ष हो ।’

उहाँले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजान कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताउनु भयो ।