८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी

यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी
अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ ।

मंगलवार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिनुभयो । उहाँले दलका नेताहरुको समय व्यवस्थाका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरु सुधार्ने विषयमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरुलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ । अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । यो यसको सकारात्मक पक्ष हो । त्यसकारण मोर्चा यो बीचमा मुलभुत रुपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ । जहाँसम्म यसका केही समस्याहरु रहेका छन् । मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो । त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरु रहे ।  त्यसका कारण पछिल्ला दिनहरुमा केही प्रश्नहरु छन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । हाम्रा विगतमा भएका कमजोरीहरुलाई सच्याउनुपर्छ भन्ने भन्ने हाम्रो आजको बैठकको निश्कर्ष हो ।’

उहाँले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजान कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताउनु भयो ।