५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा  चुनौतीहरु रहेको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई  सम्बोधन गर्दै उहाँले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताउनुभएको हो । मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ ।

उद्योगमन्त्री भण्डारीले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार छिमेकी मुलुकहरुसँगको ब्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ ।

उद्योगमन्त्री भण्डारीले भन्नुभयो–  ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रुपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरु भित्राउने भन्नेमा हामी लागिरहेका छौं । व्यापारलाई सहजिकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’

मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धि पुराना कानूनहरुलाई सरकारले समयानुकुल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिनुभयो ।