२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला युरो कपमा स्पेनलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ । स्पेनमाथि नाटकीय जित हात पार्दै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

गएराति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो । यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो । सो अग्रता धेरै लामो समय भने टिक्न पाएन । ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो ।

बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन् । स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो। यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन् ।

इंग्ल्यान्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो । साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको कोटीमा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन् । उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन् ।

कमब्याक क्विन पुष्टि गर्न सफल इंग्ल्यान्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो ।