१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत

गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।

आईतवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्ष २०८१—०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना रहेको बताउनु भयो । त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको बताउनु भयो । राजीनामा दिनेमध्ये सनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको प्रवक्ता घिमिरेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको छ । २ हजार ३ सय ६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही २ हजार ७३ जनालाई गरेका छौँ ।’

प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना रहेको बताउनु भयो । उहाँकाअनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।