५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण छ’



अ+ अ-

नवलपरासी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको छ ।

बर्दघाट सुस्ता-पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उहाँले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो,“यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ । यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ ।”

उहाँले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भन्नुभयो, “धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ ।”

उहाँले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गर्नुभयो । “ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले उत्तरबाहिनी गङ्गा कार्यक्रममार्फत धार्मिक नदी क्षेत्रको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योगदान पुग्ने विश्व व्यक्त गर्नुभयो ।

खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउँदै उहाँले यसलाई महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्नेगरी काम गरिने उल्लेख गर्नुभयो । रासस