१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टलाई संकटबाट जोगायो



अ+ अ-

काठमाडौं । धेरै महिनादेखिको अडकलबाजीको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ । जुन परियोजनाको प्याकेज पछिल्ला पाँच वर्षभन्दा बढी समयदेखि नेपालको चासोमा छ ।

गत अप्रिलको अन्त्यमा, डोनाल्ड ट्रम्प प्रशासनको लागत कटौती अभियान डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीले एमसीसी बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछिपछि, अर्को प्रमुख अमेरिकी सहायता एजेन्सी यूएसएआइडीसमेत बन्द गरिएको थियो ।

यी दुई प्रमुख एजेन्सीहरूलाई बन्द गर्ने निर्णयपछि अमेरिकी विदेश मन्त्रालयले विभिन्न सहायता एजेन्सीहरू अन्तर्गत सञ्चालित विदेशी सहायता परियोजनाहरूको समीक्षा गर्न थाल्यो । त्यसपछि अमेरिकी सरकारको सहायता कार्यक्रमको समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरेको छ । यो निर्णयबारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

यसको अर्थ, नेपाल सरकार र एमसीसीको संयुक्त प्रयोजनको रूपमा सञ्चालन भइरहेको दुई प्रमुख परियोजनाहरू—सडक स्तरोन्नति तथा विद्युत प्रसारण लाइन निर्माण—अब अवरोधबिना अगाडि बढ्नेछन् ।

यस वर्षको जनवरीदेखि नै नेपाल सरकार एमसीसीमा अमेरिकी समर्थन पूर्णरूपमा हटेमा परियोजनाको वित्त व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलमा थियो ।

नेपाल र एमसीसीबीच सन् २०१७ को सेप्टेम्बरमा ऊर्जा तथा सडक परियोजनाहरू कार्यान्वयन गर्न सम्झौता भएको थियो । जसअनुसार अमेरिका ५०० मिलियन डलर अनुदान दिने र नेपालले १५० मिलियन डलर थप गर्ने सहमति भएको थियो। पछि नेपाली पक्षको योगदान बढाएर १९७ मिलियन डलर पुर्‍याइएको थियो ।

त्यसअनुसार कुल लगानी ६९७ मिलियन डलर पुगेको छ । एमसीसी बोर्डले थप ५० मिलियन डलर दिने निर्णय गरेपछि यो रकम ७४९ मिलियन डलरसम्म पुग्ने आँकलन गरिएको थियो ।

अमेरिकी दूतावासले शुक्रबार नेपाल सरकारको अर्थ मन्त्रालयमा इमेल पठाउँदै र परराष्ट्र मन्त्रालयलाई मौखिक रूपमा एमसीसी परियोजना निरन्तर हुने जानकारी गराएको हो ।

एमसीसी सम्झौता सन् २०२३ को अगस्टमा कार्यान्वयनमा आएको थियो र पाँच वर्षभित्र परियोजना सम्पन्न गर्ने समयसीमा तोकिएको थियो—जसमा अन्तरदेशीय प्रसारण लाइन, आन्तरिक ऊर्जा प्रसारण प्रणालीको विस्तार, र पूर्व–पश्चिम राजमार्गको एक खण्ड स्तरोन्नतिको काम समावेश छ ।