१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दृश्यमा नेपाल : कोशी प्रदेश’ कार्यक्रममा पत्रकार नमराज आचार्य सम्मानित



अ+ अ-

काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा सम्मानपत्र प्रदान गरी आचार्यको योगदानलाई कदर गरिएको हो।

सम्मानपछि प्रतिक्रिया दिँदै आचार्यले यो अवसर उपलब्ध गराउनमा योगदान पु-याउने कलाकार मोडल सनम कठायतप्रति विशेष धन्यवाद व्यक्त गरे। साथै, एभरेष्ट ग्यालरीप्रति आभार व्यक्त गर्दै कार्यक्रमले सिर्जनात्मक कार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।