५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गङ्गालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले विपन्न परिवारका बालबालिकाहरुको मुटुरोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो । गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गङ्गालाले उक्त सेवा रोकेको छ ।

सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराउनु भएको छ ।

साथै उहाँले भिजिट भिसा प्रकरणको छानविनका लागि संसदीय छानविन समिति नबनेसम्म राप्रपाले संसद बहिस्कार गर्ने उल्लेख गर्नुभयो ।