१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौँ । ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

महासङ्घले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था, राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेलगायतका माग राखेका छन् ।

दुई हजार ५०० भन्दाबढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेका जनाउँदै नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित बनाइएको भन्दै समस्या समाधानका लागि नेतृत्व लिइदिन महासङ्घले अध्यक्ष दाहालसँग अनुरोध गरेको छ ।

महासङ्घका मागलाई गम्भीरतापूर्वक लिएको जबताउँदै अध्यक्ष दाहालले ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । “तपाईंहरूले उठाएका माग न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागलाई कार्यान्वयन गर्ने सम्बन्धमा माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ”, उहाँले भन्नुभयो ।

यसैबीच अध्यक्ष दाहालसँग आजै कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको टोलीले खुमलटार भेट गरी एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अगाडि नबढेको भन्दै पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षणलगायत प्रारम्भिक काम सम्पन्न हुनुका साथै पालिकाको पहलमा जग्गा हस्तान्तरण भइसकेको जानकारी गराउनुभयो । प्रारम्भिक चरणमा बजेट विनियोजन, बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय आयोजना अलपत्र परेको भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले उक्त टोलीका प्रतिनिधिलाई माओवादी केन्द्रको तर्फबाट आयोजना अगाडि बढाउन सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।