२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द



अ+ अ-

काठमाडौं । काठमाडौं मेडिकल कलेजका दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सिनामंगलस्थित मेडिकल कलेजले आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

ुदुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,ु विज्ञप्तिमा उल्लेख छ।