१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको पार्टी सदस्यता नम्बर ६४४, तर…



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताउनुभएको छ । उहाँले २०८१ सालमै सदस्यता नवीकरण भएको दाबी पनि गर्नुभयो ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा एमाले वरिष्ठ उपाध्यक्ष पोखेलले भन्नुभयो, ‘भण्डारीले २०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४४ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको बताउनुभयो । ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्‍यो । पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्‍यो नि !’ उहाँले भन्नुभयो ।

पोखरेलले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको बताउनुभयो ।

‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उहाँले भन्नुभयो, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेको घोषणा गरेपछि एमालेभित्र विवाद छ । सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले नै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालिसकेको छ । एमाले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको नभई सबैको नेता बन्न सुझाएको छ ।

तर भण्डारी भने सक्रिय राजनीति नै गर्ने घोषणा गरिरहनुभएको छ । एमाले पार्टी सदस्यतानवीकरण नगर्ने निर्णय गरेपछि उहाँले विकल्प सोचिरहनुभएको छ ।