२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । 

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।