२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक : लकडाउन मोडालिटीको कार्ययोजना ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन



अ+ अ-

काठमाडौं । सरकारले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न समितिलाई जिम्मा दिएको हो ।

केही दिनयता व्यवसायीहरुले सरकारले जारि गरेको लकडाउनमा व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्याइसकेको छ ।