२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ७४ दिन जारि रहदा राजधानीका सडकमा जे देखियो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउको आज ७४ दिन पुगेको छ ।  

सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३१ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन्। जसका कारण सडकमा सवारी साधनको चाप बढेको छ ।

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बढेको देखिएको छ । साना व्यवसायीहरुले पनि विहान चार घण्टा पसल खोल्ने निर्णय गरेपछि न्युरोड, भोटेबहाल, बानेस्वर लगायतका ठाउँका केही पसलहरु खुलेका छन् । त्यसैले पनि मानिसहरुको आवागमन बढ्दा मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारी, व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् । विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्न जनजीवन सहज बनाउनुपर्ने सुझाव विज्ञहरुले दिदै आएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चिनले पनि ७४ दिन पछि कडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७४ दिन पुग्दा संक्रमणको दर झनै बढ्दै गएको छ ।