१४ असार २०८३, आईतवार
,
Latest
नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको ७३ दिनपछि विमानस्थलमा यस्तो देखियो, हेरौं यी तस्वीरहरु



अ+ अ-

काठमाडौं । म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ ।  

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न दबाब परेपछि सरकारले कार्यविधि तयार गरी नेपाल ल्याउने व्यवस्था गरेको हो । सोही अनुसार पहिलो चरणमा म्यानमारमा हरेका २६ जना नेपालीलाई म्यानमार एयरफोर्सको विमानमार्फत काठमाडौं ल्याइएको छ ।

म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन् । विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई बसुन्धारामा स्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । होल्डिङ सेन्टरसम्म नेपाली सेनाको बसमा लगिएको छ ।

विदेशबाट ल्याइने नागरिकहरुलाई कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस मानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनामा काडमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर बनाई केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पु¥याई क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।