१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

एम्बुलेन्स चालकको पीडा : पानी किन्छु भन्दा पनि दिँदैनन्

एम्बुलेन्स चालकको पीडा : पानी किन्छु भन्दा पनि दिँदैनन्
अ अ+ अ-

जनकपुरधाम । ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए। ‘बाटोमा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन्। एम्बुलेन्स चालक भनेपछि एम्बुलेन्स रोक्न समेत दिँदैनन्’, राईनले भने, ‘खानाका लागि कि त घरबाट टिफिन वा चाउचाउ बिस्कुट, दालमोठ, भुजिया बोकेर हिँड्नुपर्छ। बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बित्तिकै छिः छि दुरःदुर गर्छन्।’

रात्रिकालिन सुनसान राजमार्गमा एम्बुलेन्स चालकले किराना पसलमा पानी माग्दा नपाएको गुनासो उनले सुनाए। साहुँजी दुई बोत्तल पानी दिनुस न। पसलेले पानी दिँदैनन्। पुनः एम्बुलेन्स चालक भन्छन्, प्लिज पानी दिनुस न। पसलेले बाहिरैबाट पानीको बोत्तल फालिदिन्छन्। यस्ता दृश्य आफूहरुले भोगिरहेको राईनले जानकारी दिए।

एम्बुलेन्स चालक दिन रात नभनी जीवन दाउमा राखेर बिरामीको सेवामा खटिएका छन्। उनीहरूलाई न खाने ठेगान छ, न सुत्ने। एम्बुलेन्समै २४ घण्टा बित्ने गर्छ। तर जति असहज परिस्थितिमा खटे पनि कोरोना (कोभिड–१९) महामारीमा अपहेलित, अपमानित हुनुपरेको एम्बुलेन्स चालक मन्सुर राईनले सुनाए। उनले भने, ‘दिन–रात, गर्मी–जाडो, हावाहुरी नभनी बाह्रै मास सेवाका लागि फोनको घण्टीसँगै तुरुन्त सेवामा हाजिर हुने हाम्रो चरित्र हो, तर छरछिमेकी तथा इष्टमित्रबाट समेत अपहेलित र अपमानित हुनुपरेको छ।’

विगत पाँचवर्षदेखि एम्बुलेन्स चलाउँदै आएका जनकपुरका विमलेश चौधरीले समयमा खाना, पानी र सुत्न नपाए पनि कोरोनाबाट लड्न सुरक्षित उपकरण नहुँदा भयभित रहेको बताए। उनले भने, ‘हामी बिरामीको सेवाका लागि हरपल तयार छौं, तर आवश्यक पूर्वाधार तथा अस्पतालले बिरामीलाई भर्ना नलिँदा साह्रै पीडा हुन्छ।’

एम्बुलेन्स चालक दिनरात बिरामीसँग सम्पर्कमा बस्नु परे पनि राज्यले आफूहरूका लागि सुरक्षाका सामग्री समेत उपलब्ध नगराएको गुनासो गर्छन चौधरी। उनले भने, ‘हामीलाई एम्बुलेन्स मालिकदेखि सरकारसम्म कसैले हेरेन, सामान्य ज्वारो, रुघा खोकीको बिरामीलाई समेत अस्पतालले भर्ना नलिँदा अस्पतालै अस्पताल धाउनुपर्ने समस्याबाट गुज्रिनु परेको छ।’

चिकित्सकले एम्बुलेन्स चालकलाई घरपरिवार भन्दा टाढा बस्न सुझाए पछि आफूहरू अझ बढी संकटमा फसेको चालक रामबाबु महतो बताउँछन्। उनले भने, ‘सधै बिरामी बोक्नुपर्छ, कस्ता–कस्ता बिरामी हुन्छ, कोरोना संक्रमण हामीमा समेत फैलिन सक्छ, तर यही संक्रमण लिएर श्रीमती छोरा–छोरीलाई रोग सार्न कसरी जानु ? जीवनको जोखिम उठाएर खाली हतियार हतिदिन लडाई लडनु !’

‘महामारीका बेलाहामी घरमा थन्किन चाहँदैनौं, जनकपुरको बाह्रविघामा भेटिएका एम्बुलेन्स चालक प्रेमकुमार साहले भने, ‘तर हाम्रो सेफ्टी भएन, चालकलाई सुरक्षित नगराउँदा बिरामी झनै जोखिममा छ।’

यो अवस्था एम्बुलेन्स चालकलाई मात्र होइन। अग्रस्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले समेत भोगिरहेका छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।