१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

अस्पताल नगई गाउँपालिकाका अध्यक्षले जिते कोरोना

अस्पताल नगई गाउँपालिकाका अध्यक्षले जिते कोरोना
अ अ+ अ-

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले अस्पताल नै नगई कोरोना भाइरसलाई जितेका छन् । यसबाट संक्रमित भएका उनले घरमै आइसोलेसनमा बसेर कोरोना जितेका हुन् । उनको दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि आइसोलेसनबाट डिस्चार्जको तयारी भएको अध्यक्ष पोखरेलले नै जानकारी दिएका छन् ।   

आफुलाई कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेकाले अस्पताल नगई कोठामा नै आइसोलेसनमा बसी कोरोनालाई जितेको पोखरेलले बताए । १२ दिनको सेल्फ आइसोलेसनले खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उनले यसबीचमा अध्ययनलाई आफुले विशेष प्राथमिकता दिएको बताए । 

सेल्फ आइसोलेसनमा बसेमा तनाब नहुने अनुभव उनले सुनाए । मलाई कुनै पनि औषधि लिन परेन, दिनको तीनपटक आफैले ज्वरो नाँपे,बिहान नियमित योग गरेँ, तातोपानी, तुलसी–पुदिना पानी, जीरापानी, बेसारपानी कागती खाएर आफ्नो स्वास्थ्यलाई बलियो बनाँए,अध्ययन गरेँ उनले भने । मलाई जस्तै कुनै पनि लक्षण नदेखिएका संक्रमितहरु अस्पतालभन्दा पनि सेल्फ आइसोलेसनमा बसेमा उत्तम हुने मेरो अनुभव रह्यो अध्यक्ष पोखरेलले भने । सावधानी अपनाएर सेल्फ आइसोलेसनमा बसेमा तनाब पनि नहुने उनको अनुभव छ ।