१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन

लकडाउन यथावत् : आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने

लकडाउन यथावत् : आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने
अ अ+ अ-

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिस्तारै उद्योग व्यवसाय सञ्चालन गर्न दिने र लकडाउन तत्काल नै नहटाउने गरी मस्यौदा तयार पारेको छ । सो मस्यौदामाथि शनिबार समन्वय समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ । मस्यौदामा उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, विकास निर्माणलगायतका काम क्रमशः चरणबद्ध रूपमा खुलाउँदै जाने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समिति सचिव नारायणप्रसाद बिडारीले आर्थिक तथा औद्योगिक क्रियाकलाप बिस्तारै चरणबद्ध रूपमा सञ्चालन गर्नेबारे छलफल भएको र पुनः बैठक बसेर अन्तिम रूप दिने जानकारी दिएका छन् ।

सचिव बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रहरूलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा समिति बैठकमा छलफल भएको जनाए । समितिले औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी मस्यौदा तयार पारेको छ ।

समिति बैठकले उक्त मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद्ले पारित गर्नेछ । यसअघि मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउनेसम्बन्धी कार्यविधि तय गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको थियो । पछिल्लो समय लकडाउन लम्बिँदै गएपछि उद्योगी व्यवसायीले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन् । कतिपय ठाउँमा व्यवसायहरू एकलौटी रूपमा खोलिन थालेका छन् । एकातर्फ उद्योगी व्यवसायी तथा श्रमजिवी वर्गले लकडाउन खुकुलो बनाउन दबाब दिँदै आएका छन् भने अर्कोतर्फ कोरोना भाइरसका संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ ।

यता, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले १ असारदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न सुझाव दिएको छ । केन्द्रले अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने गरी लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ । यस्तै, मुलुकभर कोरोना भाइरस संक्रमणको अवस्था हेरी त्यसलाई विभिन्न तहमा वर्गीकरण गरेर त्यसैअनुसार खुकुलो बनाउँदै जाने प्रस्ताव गरेको छ । राजधानी दैनिक