७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब
The owner of rice shop Tadao Koike talks on a phone as bags of rice are seen piled up at his shop in Tokyo on February 14, 2025. The Japanese government said it will release its stockpile of rice -- the nation's cherished staple food -- reserved for emergency use in response to soaring prices. (Photo by Yuichi YAMAZAKI / AFP)
अ+ अ-

एजेन्सी । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन् ।

चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो । समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयलको तथ्याङ्कले देखाएको छ ।

अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो । ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ । यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ । अक्टोबरमा उहाँको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो ।

यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।

शुल्क दबाब

इशिबा अगस्ट १ मा २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकासँग व्यापारिक सम्झौता गर्न थप दबाबमा हुनुहुन्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानको महत्त्वपूर्ण अटो आयात पहिले नै स्टिल र एल्युमिनियम जस्तै पीडादायी भन्सार शुल्कको अधीनमा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली पावरहाउससँग ७० अर्ब डलरको व्यापार घाटा कम गर्न जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा धेरै उत्पादन गरुन् र टोकियोले ग्यास, तेल, कार र चामलजस्ता धेरै सामान अमेरिकाबाट खरिद गरोस् भन्ने चाहनुहुन्छ ।

इशिबाले आफ्ना व्यापारिक दूत रियोसेई अकाजावालाई सात पटक वासिङ्टनमा सम्झौताको मध्यस्थता गर्न पठाउनुभएको छ र शुक्रबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको स्वागत गर्ने कार्यक्रममा हुनुहुन्थ्यो । अकाजावा पनि वार्तामा सामेल हुने र बेसेन्टसँग शनिबार ओसाकामा विश्व एक्सपो हेर्न जाने निर्धारण गरिएको जापानी सरकारले बताएको छ ।

मुद्रास्फीति बढेका कारण गत वर्षदेखि बैंक अफ जापानले मौद्रिक नीति कडा बनाउँदै आएको छ तर विश्वको चौथो नम्बरको अर्थतन्त्रमा अमेरिकी करको प्रभावको चिन्ताले यसलाई सुस्त दृष्टिकोण अपनाउन बाध्य पारेको छ ।

चामलको बढ्दो मूल्यका कारकहरूमा दुई वर्षअघि अत्यधिक तातो र सुक्खा गर्मीले राष्ट्रव्यापी फसल नोक्सान गरेको कारण हुने अभावहरू समावेश छन् त्यसबेलादेखि केही व्यापारीहरूले आफ्नो नाफा बढाउनका लागि चामल भण्डारण गरिरहेको विज्ञहरू बताउँछन् ।

यो समस्या गत वर्ष सम्भावित ‘मेगाक्वेक’ का बारेमा सरकारी चेतावनीले प्रेरित आतङ्कित खरिदारीले अझ खराब बनाएको थियो । यद्यपि महाभूकम्प आएन ।

सरकारले फेब्रुअरीदेखि आफ्नो आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चालेको छ । सरकारले यस्तो कदम सामान्यतया प्रकोपको समयमा मात्र चाल्ने गरेको थियो ।

“नीतिगत उलट–पुलट, उत्पादकबाट उपभोक्ता मूल्यहरूमा ढिलो पास–थ्रु, र येनको अवमूल्यनले निकट अवधिमा मूल्य दबाब उच्च राख्नेछ”, मुडिज एनालिटिक्सका स्टेफान एङ्ग्रिकले भन्नुभयो, “नाममात्रको तलब वृद्धि अड्किएसँगै, वास्तविक तलबले चाँडै आवश्यक वृद्धि पाउनेछैन । र अमेरिकी भन्सार शुल्क र भन्सार शुल्क धम्कीहरूले उत्पादन र रोजगारको अवस्थालाई प्रभावित गर्दा तलब वृद्धि सम्भवतः अझ सुस्त हुनेछ ।”

उहाँले भन्नुभयो, “यसले बैंक अफ जापानलाई बन्धनमा राख्छ…हामी अपेक्षा गर्छौं कि बैंक अफ जापान अहिलेका लागि होल्डमा बस्नेछ, तर लामो समयसम्म होइन । जनवरीसम्म दर वृद्धि सम्भावित छ र डिसेम्बरमा नै आउन सक्छ ।”