२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए



अ+ अ-

अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा एक जना कर्मचारीले अस्पतालको प्रागणमै आफ्नो शरिरमा पेटेल छर्किएर आगो लगाएका छन ।  

अस्पतालले जागीरबाट निकालिएका हाईजनिक हेड सिध्दार्थ आउजीले अस्पतालको परिसरमै आफ्नो शरिरमा आगो लगाएका हुन ।

अस्पतालले उनीसंगै ३३ जना कर्मचारीलाई बयालपाटा अस्पतालले आर्थिक स्रोतको अभाव रहेको बताउदै जागीरबाट निकालेको थियो ।

अस्पतालको आकस्मीक कक्ष अगाडी आफ्नै शरिरमा आगो लगाएका आउजीको अस्पतालका कर्मचारी उद्धार गरेका थिए ।

उनलाई हेलिकप्पर मार्फत उपचारका लागी नेपालगञ्ज लगिएको छ ।