१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणमा सरकार पूर्णत असफल : काँग्रेस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले महामारी नियन्त्रणमा सरकार पूर्णत विफल भएको जनाएको छ । उक्त दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको हो । सोमबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन समेत दिएको छ । 

बैठकले सरकारले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसकेको, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार भएको,  व्यवस्थित क्वारेन्टिन नबनाइएको, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव रहेको लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ । 

आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा काँग्रेसले चित्रण गरेको छ ।

सोही अनुसार केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । केन्द्रीय सदस्य रमेश लेखकका अनुसार बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ । 

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउने छ । बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको लेखकले जानकारी दिए । 

बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठाएको थियो । मंगलबारदेखि संसदमा समेत यस विषयलाई जोडदाररुपमा उठाउने काँग्रेसको तयारी छ । संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष काँग्रेसले निकालेको छ ।