१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक रुपमा ढलौंला, चितामाथि जलौंला तर जल्न दिन्नौं स्वाभिमान



अ+ अ-

सासद शान्ता चौधरीले सासद सरिता गिरीलाई पठाएको पत्र

"माननीय सरिता दिदी यदि तपाइले बोलेको यो बोली सत्य हो भने ?

रहर होईन तपाईंसँग कटाक्ष गर्ने , ईच्छा होईन उत्तेजित अभिव्यक्ति दिने । तर म भित्रको स्वाभिमानले तपाईंको मुखबाट निस्किएको यो आवाज सुनेर भन्यो भौतिक रुपमा ढलौंला , चिता माथि जलौला तर जल्न दिन्नौं स्वाभिमान , गल्न दिन्नौं नेपाली शान । नेपाली माटो माथि उभिएर , यही देशको नागरिकको पसिनाको मुल्य लिएर , नेपाली आमाको छातिमाथि कुल्चदैं हामीलाई मुटु भन्दा प्रिय लाग्ने राष्ट्रियतामाथि धावा नबोल्नुस दिदी। तपाईंलाई नेपालले कहिल्यै अपमान गरेको छैन ।

मेरै देशको सार्बभौम सम्पन्न गरिमामय सम्मानित सदनमा तपाईंको पटक पटक उपस्थिति रहँदै आएको छ । तर आज कृतघ्न बन्दै कर्म भुमिले उठाएको व्यक्तित्व र बढाएको मर्यादालाई तिरस्कार गरि नेपालको भुमिलाई भारतिय देख्ने तपाईंको दोषी चस्माप्रति भने मेरो कटाक्ष छ सरिता दिदी ।"

प्राईम टाईम टेलिभिजनमा पत्रकार ऋषी धमलालाई हालै दिएको एक अन्तरवार्तामा गिरीले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा आफूले स्बीकार नगर्ने अभिब्यक्ति दिनु भएको थियो ।

माननीय शान्ता चाैधरीकाे फेसबुकमा राखिएकाे पत्र