२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो क्वारेन्टाइन हो कि सरकार मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प हो ? : थापा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पुर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसंग माग गरेको छ ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक  हिसाब सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले दंम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्दौ भनेर मात्रै बस्दैनौ । अब हामी प्रश्न गर्छो । उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ । ”

प्रतिनिधिसभामा आफुहरुले माग देखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आफूहरुले आवाज उठाउदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “न हाम्रो सुन्यो , न अदालतको सुन्यो , न प्रेसको सुन्यो , न नागरिकको सुन्यो । कसैको सुनेन ।  नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ ।  यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ?  के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । ”

उहाँले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेको को आपत्ती जनाउदै प्रश्न गर्नुभयो

“यो क्वारेन्टाइन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ । ”

उहाँले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोख्नुभयो ।  

उहाँले भन्नुभयो “नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्दछ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना संक्रमित भएका छन् । तर के मृत्यु हुनेको संख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सुर्य बहादुर तामाङ्ग र झुण्डिएर मरेका चन्द्र बहादुर परियार र औषधी खान नपाएर मरेकी कंका देवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कस्ले लिन्छ । क्वारेन्टाईनमा मृत्यु भएकी  सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ? ”

अदालत, संसद, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

“अव क्वारेन्टाइनम बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्रि देश भन्दिने । किन कि परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ?प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्देा कर्मचारीलाई सरुवा गरेर दोष बाट र अपराधबाट भाग्न पाईन्न । ”

विज्ञहरु संगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडिटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ती जनाएको छ ।

सांसद थापाले भन्नुभयो “ न यो विश्वसनिय छ ? न नेपालको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर जबरजस्ती आरडिटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ? हामीलाई जवाफ चाहिन्छ । मृत्यु भईसकेका मान्छेको स्वाव परीक्षण नगर्ने कस्ले भन्यो हामीलाई जवाफ चाहिन्छ ।  ”

उहाँले अस्पतालको तयारी , संक्रमित बढ्दै गर्दा कुन अस्पतालमकति सामाग्री थपिया,े कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “विदेशमा भएका नेपालीलाई ल्याउने भनेर निर्णय गरियो अहिले कुन एयरलाइन्सले बोक्ने भनेर झगडा गरेर आउन आतुर भएर बसेका नेपाली माथि यत्रो ठूलो बज्रपात गर्ने ? जवाफ चाहिन्छ । गर्भवती महिला देखि खोप पाउने बालिका सम्म, दीर्घ रोगीका विरामीले औषधी  किन पाएनन् ? जवाफ चाहिन्छ । कृषक मजदुर देखी साना उद्योगी , ठूला उद्योगी व्यवसायी सम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउैनन् । तीनको लागि कार्यक्रम के छ जवाफ चाहियो । ”

उहाँले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “प्रश्न केबल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाईएको छ । हामी उसलाई चिन्दैनौ हामीलाई चिनाउनु पर्यो । उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्यो । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनुपर्यो । एउटा एउटा प्रश्नको जवाफ दिनुपर्छ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु अगाडि बढाउने ठाउँसम्म हामी पुग्छौ । म आग्रह गर्न चाहन्छु । सरकारले सोचोस् तयारी गरोस् । अब सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब नदिईकन सरकारलाई सुतेर बस्न दिदैनौ भन्नेकुरा जानोस् । ”