२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल



file photo
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताउनु भयो । उहाँले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिनुभयो । उहाँले डेंगीबारे सरकारले  गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार गर्नुभयो । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताउनु भयो । डेंगी समस्या भन्दा माथि गइसकेको बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘जसरी हामीले यसलाई महशुस गर्नुपर्ने हो त्यसरी हामीले महशुस गरेको स्थिति छैन । हामीले यसको जटिलता, चुनौति, समस्या जति हो, त्यसरी नै समाजलाई महशुस गराउन जरुरी छ । मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो । परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभाविता भएको स्थिति छ । वर्षेनी बढिरहेको छ । यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिव छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? यसको एउटा शुल्क निर्धारण गर्नुपर्छ । निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ । निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदरामा धेरै समस्या छ । खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ।’

मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताउनु भयो ।