२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ सय घरमा खानेपानी सुविधा



अ+ अ-

म्याग्दी । जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु छ करोड ७० लाख ९५ हजार खर्च भएको छ । सङ्घीय सरकारका पाँचवटा योजनाका लागि रु ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र रु ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ । घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताउनुभयो । रासस