१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि फिर्ता भएपछि मात्रै विकास सम्बन्धी काम अगाडि बढ्छ : मन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि फिर्ता भएपछि मात्रै त्यस क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकास सम्बन्धी काम अगाडि बढाइने बताउनुभएको छ ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि मन्त्रालयगत शीर्षकहरुमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री ज्ञवालीले भूमि फिर्ता भएपछि मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकास सम्बन्धी काम अगाडि बढाइने बताउनु भएको हो । उहाँले भन्नुभयो ‘भूभाग फिर्ता भएसँगै त्यहाँ गरीनुपर्ने प्रशासनिक, सुरक्षा र विकास सम्बन्धी कामहरु पनि अगाडि बढ्ने जानकारी गराउन चाहन्छु । यसै सन्दर्भमा सरकारले दार्चुलाको सदरमुकाम देखि टिङ्कर देखि नेपाली भूभाग हुँदै छ र उक्त क्षेत्रमा सशस्त्र प्रहरीबलको बिओपी स्थापना भइसकेको छ ।’

भारतसँग भूमि फिर्ताका लागि वार्ता हुन नसकेको सांसदहरुको प्रश्नमा मन्त्री ज्ञवालीले भारत र चीनबीच तनाब बढीसकेको अवस्थामा पनि सीमा समस्याबारे वार्ता हुन सक्ने तर नेपालसँग नसक्ने भन्ने कुनै कारण नभएको स्पस्ट पार्नुभयो । हालैँ वार्ताका लागि सरकारले ताकेता गरिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी पनि अलिअलि अचम्बीत पनि भएका छौं । त्यस्तो तनावका बीचमा झण्डैझण्डै धकेलाधकेलको अवस्थालाई सामान्यीकरण गर्दै वार्ता हुन सक्छ भने नेपाल सँग नहुनुपर्ने कुनै कारण छैन् । त्यसैले हामी छिटो गरौं भनेर निरन्तर ताकेता गरिराखेका छौं । मलाई विश्वास छ वार्ता हुन्छ हामी आशावादी छौं । वार्ताबाटै समस्या समाधान हुन्छ भन्ने विश्वास भएको हुनाले अहिले हामी अरु विकल्पहरुमा सोच बनाइरहेका छैनौं । बनाउन जरुरी छ जस्तो पनि मलाई लाग्दैन् ।’

उहाँले नेपालले अतिरिक्त भौगोलिक आकांक्षा पालेको नभई पराजित भएर खुम्चिएको सुगौलि सन्धीको सीमा भित्रको भूभागमा मात्रै हक खोजेको स्पस्ट पार्नुभयो ।  

मन्त्री ज्ञवालीले सीमा सुरक्षाको सम्बन्धमा सरकारले काम अगाडि बढाइसकेको जानकारी समेत दिनुभयो । उहाँले नेपाल–भारत सिमानामा रहेका स्तम्भको पुनस्र्थापना, निर्माण र मर्मत गर्ने काम भइराखेको जानकारी दिनुभयो । उहाँले नेपाल–भारत सिमानामा रहेका ८ हजार ५ सय ५३ सीमा स्तम्भ मध्ये ८ हजार ५ सय ५३ सीमा मध्ये २ हजार ३५ वटाको निर्माण भएको र १ हजार ६ सय ९८ वटाको मर्मत भएको जानकारी दिनुभयो । उहाँले अन्य सीमा स्तम्भ पनि मर्मत र निर्माण गर्नेकार्यमा सरकारले केन्द्रीत भएको बताउनुभयो । यस्तै दशगजा अतिक्रमण र क्रसबोर्डर होल्ड्रिको लगत तयार गर्ने लगायतका प्राविधिक काम सम्मपन्न गर्न बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको समेत मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले बोर्डर पोष्टहरुको संख्या बढाउने सांसदहरुले दिएको सुझावमा सरकारको ध्यान गएको समेत बताउनुभयो ।  

अमेरिकी परियोजना एमसीसीका सम्बन्धमा नेपालमा केही मानिसहरुलाई मनको बाघले खाइरहेको बताउनुभयो । उहाँले कुनैपनि सैन्य रणनीतिमा साझेदार नहुने गरी सबै मित्रराष्ट्रसँग विकास साझेदारीलाई अगाडि बढाइने प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो ‘कुनैपनि विकास साझेदारी गर्दा या कुनैपनि अन्य प्रशङ्गमा नेपाल कुनैपनि प्रकारको सैन्य या रणनीतिक गठबन्धनमा संलग्न हुँदैन् । दातृ राष्ट्र अथवा विकास साझेदारबाट कुनैप्रकारको सहयोग लिदा वा स्वीकार गर्दा राष्ट्र हित प्रतिकुल हुनेगरी गरिदैन र भविश्यमा पनि त्यस्तो लिइने छैन भन्ने म आग्रह गर्न चहन्छु । तर बनको बाघले खाओस नखाओस मनको बाघले खानेगरी हुने छलफलहरुले हाम्रो राष्ट्रिय हितलाई बलियो बनाउँदैन हाम्रो आत्मविश्वासको कमिलाई मात्रै प्रदर्शन गर्छ । त्यसकारणले यस्ता कुराहरुमा अनावस्यक बहसमा नअल्झिन पनि म आग्रह गर्न चाहन्छु ।’

उहाँले विदेश स्थित सबै दूतावासहरुले आफ्नो काम गरिरहेकाले कुनैपनि दूतावास खारेज नहुने सम्बन्धमा पनि स्पस्ट पार्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध बढाउँदै जानका लागि दूतावास आवस्यक पर्ने भएकाले कुनैपनि दूतावास खारेज नहुने बताउनुभयो ।