७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल

गत वर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश

गत वर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश
FILE - A man climbs to tie a rope around the head of a large statue of Sheikh Mujibur Rahman, father of Bangladesh leader Sheikh Hasina, as protesters try to bring it down after she resigned as Prime Minister, in Dhaka, Bangladesh, on Aug. 5, 2024. (AP Photo/Rajib Dhar, File)
अ+ अ-

एजेन्सी । गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उहाँको १५ वर्षको शासनको अन्त्य गरेर उहाँलाई भारत भाग्न बाध्य पारिएपछि बङ्गलादेश नयाँ सुरुआतको सम्भावनामा थियो ।

नयाँ अन्तरिम सरकारका प्रमुखका रूपमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले सन् २०२५ जुलाई १५ मा सुरु भएको हिंसामा सयौँको मृत्यु भएपछि लोकतन्त्रमा फर्कन, चुनावी र संवैधानिक सुधारहरू सुरु गर्न र सडकमा शान्ति पुनःस्थापना गर्न विश्वसनीय चुनाव गर्ने वाचा गर्नुभएको थियो ।

एक वर्षपछि युनुसको नेतृत्वमा रहेको प्रशासनले विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ । बङ्गलादेश बढ्दो राजनीतिक अनिश्चितता, धार्मिक ध्रुवीकरण र चुनौतीपूर्ण कानून र व्यवस्थाको स्थितिमा फसेको छ ।

हसिनालाई अपदस्थ गरेको विरोध प्रदर्शनको एक वर्षपछि बङ्गलादेशका बारेमा केही जान्नुपर्ने कुराहरू:

अराजक राजनीतिक परिदृश्य 

बङ्गलादेशमा लोकतन्त्रको भविष्यका बारेमा ठूलो अनिश्चितता छ । हसिनालाई अपदस्थ गर्ने विद्यार्थी प्रदर्शनकारीहरूले दुई प्रमुख वंशवादी राजनीतिक दलहरू बङ्गलादेश नेसलिस्ट पार्टी ९बिएनपी० र हसिनाको अवामी लिगको अत्यधिक प्रभाव तोड्ने वाचा गर्दै नयाँ राजनीतिक दल गठन गरेका थिए ।

तर पार्टीका विरोधीहरूले यसलाई युनुसको नेतृत्वमा रहेको प्रशासनको नजिक रहेको र राज्य संस्थाहरूको प्रयोग गरेर राजनीतिक लाभका लागि अराजकता सिर्जना गरेको आरोप लगाएका छन् ।

यसैबीच देशको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामी हसिनाको सरकारले एक दशकभन्दा बढी समयदेखि दमन गरेपछि राजनीतिमा फर्किएसँगै बङ्गलादेशको राजनीतिक परिदृश्य अझ खण्डित भएको छ ।

विद्यार्थी नेतृत्वको पार्टीसँग गठबन्धन गरेर यसले मे महिनामा प्रतिबन्धित अवामी लिगले छोडेको शून्यता भर्न प्रयास गरिरहेको छ । अवामी लिगका नेता हसिनाले मानवता विरुद्धको अपराधका लागि मुद्दाको सामना गरिरहनुभएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रताको विरोध गर्ने जमात–ए–इस्लामीको शक्ति अज्ञात छ ।

बिएनपी र जमात–ए–इस्लामी पार्टी दुवै अहिले प्रशासन, न्यायपालिका र विश्वविद्यालय क्याम्पसमा समेत वर्चस्व स्थापना गर्न आपसमा द्वन्द्वमा छन् ।

उनीहरूले नयाँ संसदीय चुनावको समयलाई लिएर पनि फरक मत राखेका छन् । युनुसले अर्को वर्ष अप्रिलमा चुनाव हुने घोषणा गर्नुभएको छ, तर खराब कानून र व्यवस्थाको स्थिति र यसमा स्पष्ट राजनीतिक सहमतिको कमीले भ्रम सिर्जना गरेको छ । बङ्गलादेशका सेना प्रमुखले पनि यस वर्षको डिसेम्बरमा चुनाव चाहनुभएको थियो । उक्त अडानलाई युनुसले मन पराउनुभएन ।

“क्रान्तिपछिका हनिमुनहरू प्रायः लामो समयसम्म टिक्न सक्दैनन् र बङ्गलादेश कुनै अपवाद होइन”, वासिङ्गटन स्थित दक्षिण एसियाली विश्लेषक तथा एसिया प्यासिफिक फाउन्डेसनका वरिष्ठ फेलो माइकल कुगलम्यान भन्नुहुन्छ, “अन्तरिम सरकारले लोकतन्त्र र समृद्धि पुनःस्थापना गर्न ठूलो अपेक्षाहरूको सामना गर्‍यो । तर यो विशेष गरी सार्वजनिक जनादेश बिना एक अनिर्वाचित सरकारका रूपमा गर्न कठिन छ ।”

चुनावअघि सुधार होस् भन्ने युनुसको चाहना 

युनुसले चुनावमा ढिलाइ गर्नुभएको छ किनभने उहाँले संविधान र चुनावदेखि न्यायपालिका र प्रहरीसम्मका परिवर्तनहरूमा सुधार चाहनुभएको छ । हसिनाको आवामी लिग बाहेक राजनीतिक दलहरूसँग छलफल जारी छ ।

केही सुधारमा एक व्यक्ति कति पटक प्रधानमन्त्री बन्नसक्छ भन्नेमा सीमा राख्नु, दुई तहको संसद्को थालनी र प्रधानन्यायाधीशको नियुक्ति समावेश छ ।

केही आधारभूत सुधारमा थोरै सहमति भएको देखिन्छ । बिएनपी र जमात–ए–इस्लामी दुवै दल केही सर्तसँग सहमत भए पनि आधारभूत संवैधानिक सुधारका लागि अन्य प्रस्तावहरू अड्चनको विन्दु बनेका छन् ।

जमात–ए–इस्लामीले पनि अन्तरिम सरकारलाई चुनावमा जानुअघि सुधारहरू पूरा गर्न थप समय दिन चाहन्छ, तर बिएनपीले चाँडै चुनावको आह्वान गर्दै आएको छ । विद्यार्थी नेतृत्वको पार्टीले प्रायः जमात–ए–इस्लामी पार्टीको ढाँचा अनुसरण गर्छ ।

कुगलम्यानका अनुसार सुधारको मुद्दा देशलाई एकजुट गर्नका लागि थियो, तर यसको सट्टा यो टकरावको विन्दु बनेको छ । “सुधारहरूलाई अगाडि बढाउन र उनीहरूलाई थप समय दिन चाहनेहरू तथा यो कुरा समेटेर चुनावमा ध्यान केन्द्रित गर्ने समय हो भन्ने महसुस गर्नेहरू बीच विभाजन छ”, उहाँ भन्नुहुन्छ ।

मानवअधिकार र इस्लामवादीहरूको उदय 

युनुसको शासनकालमा बङ्गलादेशमा मानव अधिकार गम्भीर चिन्ताको विषय बनेको छ । अल्पसङ्ख्यक समूहहरू, विशेष गरी हिन्दूहरूले आफ्नो पर्याप्त सुरक्षा गर्न असफल भएकामा उहाँको प्रशासनलाई दोष दिएका छन् । बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन युनिटी काउन्सिलले गत वर्ष सयौँ आक्रमणमा अल्पसङ्ख्यक हिन्दू र अन्यलाई लक्षित गरिएको बताएको छ ।

हसिनाको पार्टीले पनि आफ्नो दशौँ हजार समर्थकलाई पक्राउ गरेकामा अन्तरिम सरकारलाई दोष दिएको छ ।
युनुसको नेतृत्वमा रहेको प्रशासनले यी आरोपहरू अस्वीकार गर्दछ ।

ह्युमन राइट्स वाचकी एसियाली उपनर्देशक मीनाक्षी गाङ्गुली भन्नुहुन्छ, “अन्तरिम सरकारले हसिना सरकारअन्तर्गत भएका जबरजस्ती बेपत्ता र न्यायेतर मृत्युदण्डहरू रोकेको छ, स्थायी सुरक्षा क्षेत्रका सुधारहरू वा बलियो, स्वतन्त्र संस्थाहरू सिर्जना गर्ने प्रतिज्ञालाई पूरा गर्न थोरै प्रगति भएको छ ।”

यसैबीच, इस्लामवादी गुटहरूले सत्ताका लागि प्रतिस्पर्धा गरिरहेका छन् । गुटमध्ये केहीले महिला अधिकारमा परिवर्तन प्रस्तावित गरेका छन् र शरिया कानून लागु गर्न माग गरेका छन् । तिनीहरूमध्ये धेरैले बिएनपी वा जमात–ए–इस्लामीजस्ता ठूला दलसँग गठबन्धन बनाउने योजना बनाइरहेका छन् ।
बङ्गलादेश मुस्लिम बहुल भए तापनि त्यस्ता गुटहरूले ऐतिहासिक रूपमा महत्त्वपूर्ण चुनावी समर्थन प्राप्त गर्न सङ्घर्ष गरेका छन् र तिनीहरूको उदयले देशको राजनीतिक परिदृश्यलाई थप खण्डित गर्ने अपेक्षा गरिएको छ ।

कूटनीतिक परिवर्तन र विश्व शक्तिहरूसँग सन्तुलन 

हसिनाको १५ वर्षको शासनकालमा बङ्गलादेश दक्षिण एसियामा भारतको सबैभन्दा नजिकको साझेदार थियो । उहाँको पतनपछि युनुसको नेतृत्वको प्रशासन चीनसँग नजिक गएको छ । चीन यस क्षेत्रमा भारतको मुख्य प्रतिद्वन्द्वी हो ।

युनुसको पहिलो राजकीय भ्रमण मार्चमा चीनको थियो । त्यो भ्रमणले उहाँलाई लगानी, ऋण र अनुदान प्राप्त गरायो । अर्कोतिर भारत आफ्नो पुरानो सहयोगी हसिनाको निष्कासनबाट क्रोधित छ र उहाँलाई सुपुर्दगी गर्ने ढाकाको अनुरोधको जवाफ दिएको छैन । हसिनाको पतनपछि भारतले बङ्गलादेशीहरूलाई भिसा दिन रोकेको छ ।

विश्वव्यापी रूपमा युनुसलाई पश्चिम र संयुक्त राष्ट्रसङ्घको बलियो समर्थन रहेको देखिन्छ र बङ्गलादेशले आफ्नो विदेश नीति जारी राख्ने देखिन्छ, जसले लामो समयदेखि धेरै विदेशी शक्तिहरूबीच सन्तुलन खोज्ने प्रयास गरेको छ । तर कुगलम्यानका अनुसार देशको सबैभन्दा ठूलो चुनौती ‘ट्रम्प फ्याक्टर’ हुनसक्छ ।

जनवरीमा, ट्रम्प प्रशासनले बङ्गलादेशलाई युएसएड कोषहरू निलम्बन गर्‍यो । बङ्गलादेशले हसिनाको पतनपछि महत्त्वपूर्ण पुनर्निर्माण अवधिमा अमेरिकी समर्थनको महत्त्वपूर्ण स्तर खोजेको थियो ।

“ढाकाले अब अपरम्परागत अमेरिकी प्रशासनसँग आफ्ना सम्बन्धहरूलाई पुनः व्यवस्थित गर्नुपर्छ जसले बङ्गलादेशलाई मुख्यतया व्यापारिक दृष्टिकोणबाट हेर्नेछ”, कुगलम्यान भन्नुहुन्छ ।