१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका युवकले आत्महत्या गरेपछि धनुषामा तनाव



symbolic picture
अ+ अ-

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् ।
अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए ।