१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ ।  

कोरोना महामारीले पार्ने अल्पकालिन र दिर्घकालिन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेता रमेश लेखकले नेपालमा संक्रमण देखिएको साढे चार महिना हुँदा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताउनुभयो । सरकारले अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको, क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढंगले परीक्षण नभएको उहाँले बताउनुभयो । लक डाउनको साढे २ महिनाभन्दा बढी समय वित्दा समेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्न, उचित ढंगले राहत वितरण गर्न सरकारलाई सुझाव दिएको नेता लेखकले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त सुझावहरुलाई गम्भिरताका साथ लिएको बताउनुभयो । कोरोना नियन्त्रणका लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन पनि उहाँले दिनुभएको नेता लेखकले बताउनुभयो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको तर्फबाट नेता पौडेलसँगै प्रकाशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड  र रमेश लेखक ध्यानाकर्षण पत्र बुझाउन पुग्नुभएको थियो ।