२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै प्रहरी र एम्बुलेन्स चालकको कोरोना बिमा गरिदिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतका सम्पुर्ण तहका प्रहरीहरुको कोरोना बिमा गरिदिने घोषणा गरेका छन् ।

कोरोना माहामारीमा फ्रन्टलाइन खटिएर बिरामी ओसारपसार गर्न अहोरात्र खट्ने एम्बुलेन्स चालक तथा प्रहरीहरूको जोखिमलाई मध्यनजर राख्दै कांग्रेस पार्टिका खेलकुद विभाग प्रमुख समेत रहेका पूर्वमन्त्रीले उनीहरुको सम्मान गर्दै बिमा गरिदिएका हुन् । हाल जिल्लामा साढे तीनसयको हाराहारीमा प्रहरी कार्यरत छन् ।

यसअघि उनले जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको बिमा गरिदिएका थिए । जिल्लावासीको सुखदुखमा सधै सारथी बनेका पूर्व मन्त्री बस्नेतले यसअघि कोरोनाबाट पहिलो मृत्यु भएकि राम्चेकि एक महिलाको बच्चालाई पालनपोषणको लागि पनि ५० हजार नगद दिएका थिए भने उनको शिक्षादिक्षा र रोजगारको समेत जिम्मेवारी लिएका थिए ।

देशमा कोरोना संकट सुरु भएदेखि नै पूर्वमन्त्री बस्नेतले आफ्नो जिल्लामा यसबारे विशेष जनचेतना जगाउँदै स्वास्थ्यसामाग्री वितरण गर्दै आएका छन् । उनले लाखौं मुल्य पर्ने पीपीइ, माक्स र स्यानिटाएजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पूर्वमन्त्री बस्नेतले जिल्लामा परेको आपद विपदमा सधैं अग्रभागमा खटिएर सेवा गर्दै आएका छन् ।