२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि पसल खुल्ने, निजी सवारी जोरविजोर गरी चल्ने, एसइइको परीक्षा नलिई आन्तरिक मूल्यांकन गरिने



अ+ अ-

काठमााडौँ । सकारले भोलिदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

यसैगरी मन्त्रिपरिषदले निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने भएको छ । निजी सवारी साधनलाई जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको बताइएको छ ।  यो निर्णय भोलिदेखि नै लागू हुने बताइएको छ। जोर गते जोर नम्बरका निजी सवारी साधन र बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्कालका लागि सञ्चालन गर्न पाइने छैन ।   

सरकारले साढे दुई महिनाअघि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । यसको चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । यसबीचमा व्यवसायी, विज्ञलगायतले कोरोना महामारी तत्कालै हट्ने नदेखिएपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गर्दै आएका थिए । सबैतिरको चौतर्फी मागको आधारमा सरकारको यो निर्णय आएको हो । 

यसैगरी रोकिएको एसइइको परीक्षा पनि नलिने र कानुन बनाएर विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नम्बर दिएर नतिजा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको बताइएको छ ।