काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार सुन तोलामा एक हजार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।