५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

सुदूरपश्चिम रोयल्सद्वारा अण्डर-१६ का राष्ट्रिय क्रिकेट खेलाडी सुशील रावललाई १ लाख सहयोग तथा सम्मान

सुदूरपश्चिम रोयल्सद्वारा अण्डर-१६ का राष्ट्रिय क्रिकेट खेलाडी सुशील रावललाई १ लाख सहयोग तथा सम्मान
अ+ अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वाधिक लोकप्रिय टिम सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट गरिएका ८ जना ‘हिरो’ खेलाडीमध्ये रावल एक हुन्।सुशील रावलले हालै सम्पन्न सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय ACC U-16 East Zone Cup मा नेपाली टोलीबाट खेलेका थिए। उनले नेपाललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।

सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने: “हामी अत्यन्तै हर्षित छौं, किनभने हाम्रो ट्यालेन्ट हन्टबाट छनोट गरिएका खेलाडीहरूले राष्ट्रिय टिमसम्म स्थान बनाउनु गर्वको कुरा हो। सुशील रावलजस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउनु हामी सबैका लागि प्रेरणादायी छ।”

सिंगापुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। CEO खड्काले भविष्यमा अझ धेरै नयाँ प्रतिभाहरूको खोज र प्रोत्साहनमा जोड दिँदै थपे: “सुदूरपश्चिममा अझ धेरै लुकेका हिरा छन्। हामी निरन्तर नयाँ ट्यालेन्ट पहिचान र प्रोत्साहनमा लाग्नेछौं।

एनपीएलको तयारी पनि भव्यताका साथ हुँदैछ। यो सिजनमा अझ राम्रो र फरक तरिकाले तयारी गरिरहेका छौं। फ्यानहरूले धैर्य राख्न अनुरोध गर्दछु।” सुदूरपश्चिम रोयल्सको यो पहललाई क्षेत्रीय खेल विकासमा निजी क्षेत्रको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको छ।